आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिए


गोरखा खबर
  • बुधबार, साउन २५ २०७९

  • गोरखाखबर (बझाङ,२५ साउन) । बझाङकाे बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिएका छन् ।

    रारुका २२ वर्षीया गीता पार्की, उहाँकी पाँच वर्षीया छाेरी र तीन वर्षीया छाेरा भुपेन्द्र पार्की झुन्डिएकाे अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिनुभयाे। मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेकाे छैन ।

    गएराति उहाँका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिनुभएकाे छ । घटनाकाे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टाेली घटनास्थलतर्फ जाँदै छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार