पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना संक्रमण पुष्टि, ४३३ जना संक्रमणमुक्त


गोरखा खबर
  • आइतबार, साउन २२ २०७९

  • गोरखाखबर (काठमाडौँ, २२ साउन )। पछिल्लो २४ घण्टामा ५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।

    जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३३ जना संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार