गोरखामा भिरबाट खसेको ढुङ्गाले लागेर घाईते भएका गुरुङको उपचारको क्रममा मृत्यु


गोरखा खबर
  • आइतबार, साउन २२ २०७९

  • गोरखाखबर (काठमाडौँ, २२ साउन )। उत्तरी गोरखाको यारु बगरमा भिरबाट खसेको ढुङ्गाले लागेर घाईते भएका एक ब्यक्तिको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको छ । घाईते धार्चे गाउँपालिका–७ भिरकुनाका सुरेश भनिने पुलसिङ गुरुङको आज उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

    श्रावण २० गते गोरखा धार्चे गाउँपालिका–१ को यारू बगरको पहिरोमा भिरमाथीबाट खसेको ढुङ्गाले लाग्दा सख्त घाईते भएका थिए । गुरुङलाई तत्कालै हेली मार्फत उद्वार गरी राजधानीको टिचिङ अस्पतालमा भर्ना गरिएको थियो ।

    टिचिङ अस्पतालबाट ट्रमा सेन्टरमा थप उपचारको लागि ल्याइएकोमा उनको आज बिहान निधन भएको बिरबल घलेले जानकारी दिए ।

    गुरुङको आजै पोस्टमार्टम गरी राजधानीको स्वयम्भूमा अन्तिम दाह संस्कार गरिने पारिवारीक स्राेतले जानकारी दिएकाे छ ।

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार