पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु


गोरखा खबर
  • शनिबार, साउन २१ २०७९

  • काठमाडौं । पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो ।

    एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ४४४ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ ।

    सक्रिय संक्रमितमध्ये पाँच हजार ४७१ जना होम आइसोलेसनमा र १७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार