‘प्रचण्डलाई गोरखा क्षेत्र नम्बर एकबाट चुनाव लड्न प्रस्ताव’


गोरखा खबर
  • शुक्रबार, साउन २० २०७९

  • गोरखाखबर (काठमाडौँ, २० साउन) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’लाई गोरखा क्षेत्र नम्बर एकबाट चुनाव लड्न प्रस्ताव गरेका छन् । पार्टीमा कुन नेता कहाँबाट लड्ने भन्ने विषयमा छलफल चल्न थालेपछि प्रचण्डलाई पार्टीका नेताहरुले गोरखा क्षेत्र नम्बर एकबाट चुनाव लड्न प्रस्ताव गरेका हुन ।

    गोरखा क्षेत्र नम्बर १ का सांसद हरि अधिकारीले आफ्नो क्षेत्रबाट चुनाव लड्न प्रचण्डलाई प्रस्ताव गरेको बताए । ‘गोर्खाली जनता र पालिका नेतृत्व तहमा भएका साथीहरुको तर्फबाट अध्यक्षलाई गोरखा क्षेत्र नम्बर एकबाट चुनाव लड्न प्रस्ताव गरेको हुँ । उहाँले त्यस विषयमा जवाफ दिनुभएन’ अधिकारीले भने, ‘आफ्नो व्यक्तिगत इच्छा नभइ पार्टी र पालिकाका जनप्रतिनिधिको इच्छा अध्यक्ष कमरेडकहाँ पुर्याएको हुँ । अरु कुनै ठोस निर्णय भएको छैन ।’

    प्रतिक्रिया

    सम्बन्धित समाचार