मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी खुल्यो


गोरखा खबर
  • बुधबार, साउन १८ २०७९

  • गोरखाखबर(चितवन,१८साउन) । चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै मुग्लिन–नारायणगढ सडक खुलेको छ ।

    आज बिहान साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको हो ।

    सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर सागर कार्कीले पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको जानकारी दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार