गोरखाकी सन्ना भइन मिस गुरुङ्गको सेकेण्ड रनरअप


गोरखा खबर
  • मंगलबार, साउन १७ २०७९

  • गोरखाखबर(गोरखा,१७ साउन) । गोरखा सिरानचोककी सन्ना गुरुङ्गले मिस गुरुङ्ग सेकेण्ड रनर अपको उपाधि जितेकी छिन । एस के इन्टरटेन्मेन्ट द्वारा आयोजित मिस एण्ड मिसेस गुरुङ सिजन ३ मा सिरानचोक गाउँपालिका वडा नं ७ श्रीनाथकोटकी सन्नाले सेकेण्ड रनरअपको उपाधि हात पारेकी हुन । यसबाहेक सोही प्रतियोगितामा उनले पब्लिक च्वाइस, फेसबुक च्वाइस, बेष्ट स्माइल लगायतका उपाधि पनि जितेकी छिन । प्रतियोगितामा मिस गुरुङ्गको टाइटल इशा गुरुङ्गले जित्नुका साथै सुकिना गुरुङ्ग फष्ट रनरअप भएकी छिन । त्यस्तै मिसेस गुरुङ्गको उपाधि भने निलम गुरुङ्गले जितेकी छिन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार