पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध


गोरखा खबर
  • मंगलबार, साउन १७ २०७९

  • गोरखाखबर (चितवन,१७साउन) । पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । मंगलबार ८ः५० बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ कुरिनघाट भन्ने स्थानमा अविरल परेको वर्षातको कारण माथिबाट पहिरो खस्दा राजमार्ग दुवैतर्फ अबरुद्ध भएको हो ।

    इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी लोडरमार्फत सडक खुलाउन पहल भइरहेको जिप्रकाका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार