गोरखाखबर (काठमाडौँ, १६ साउन)। काठमाडौँको तरकेश्वर नगरपालिका २ काभ्रेस्थलीको पदमसाल बस्ने गोरखा अश्राङका दिनेश पाण्डेले आफ्ना छोराछोरी र पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेको आशंका गरिएको छ । सोमबार बिहान कोही नउठेपछि छिमेकीले ढोका फुटाएर हेर्दा पाण्डे र उनकी पत्नी सुनितासहित छोराछोरी मृत फेला परेका थिए ।
प्रहरीका अनुसार घरभित्रबाट ढोकाको चुकुल लगाइएको थियो। पत्नी र छोराछोरीको शरीरमा धारिलो हतियारले प्रहार गरेको चोट देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले घटनाको प्रकृति हेर्दा दिनेशले पत्नी ३४ वर्षीया सुनिता काफ्ले पाण्डे, छोरी सात वर्षीया आशिका र छोरा ११ वर्षीय आशिष पाण्डेको हत्या गरेर आफूले आत्महत्या गरेको जस्तो देखिएको छ।
पाण्डे र उनकी श्रीमतीबीच लामो समयदेखि विवाद बढेको थियो। विवाद बढेपछि दुई पटकसम्म उनलाई प्रहरी हिरासतमा पनि राखिएको थियो। पाण्डे विदेश जाने तयारीमा रहेको पनि खुलेको छ।
उनले भने, ुपरिवार सखाप पारेर दिनेशले आत्महत्या गरेको जस्तो छ। थप जानकारी भने प्रहरी अनुसन्धानबाट पुष्टि हुनेछ।ु एसपी कोइरालाले पनि परिवारका सदस्यको हत्या गरेपछि आफूले आत्महत्या गरेको आशंका गरेका छन्।
उनले भने, “परिवारका अन्य सदस्यको शरीरमा धारिलो हतियार प्रहार गरेको देखिन्छ। दिनेश भने झुन्डिएको अवस्थामा फेला परेका छन्।” उनले घटनाबारे विस्तृत जानकारी पोस्टमार्टमपछि मात्रै थाहा हुने पनि बताए। उनीहरूको स्थायी घर गोरखाको अश्राङ भएको बताइएको छ।
पाण्डे र उनकी श्रीमतीबीच लामो समयदेखि विवाद बढेको थियो। विवाद बढेपछि दुई पटकसम्म उनलाई प्रहरी हिरासतमा पनि राखिएको थियो। पाण्डे विदेश जाने तयारीमा रहेको पनि खुलेको छ। पाण्डेको बेलायतको भिसा आइसकेपछि काभ्रेस्थलीमा रहेको घर बेच्न खोजेपछि विवाद चर्किएको थियो। काभ्रेस्थलीमा रहेको घर श्रीमती सुनिताको नाममा रहेको र बेच्न नमानेपछि हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।