गोरखाखबर(गोरखा,१५ साउन) । नेकपा(एमाले) गोरखाको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सदरमुकाममा शुरु भएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शनिवार एक कार्यक्रमका बीच गर्नुभयो । गोरखाका अध्यक्ष प्रेम बहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा एमाले केन्द्रीय सचिव सचिव पद्मा कुमारी अर्याल, केन्द्रीय सदस्य गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेत, केन्द्रीय सदस्यहरु मना केसी, भगवती न्यौपाने, गण्डकी प्रदेश उपसचिव रश्मी आचार्य लगायतका प्रदेशका नेताहरु समेत उपस्थिती रहेको छ । प्रशिक्षण कार्यक्रममा प्रदेश सदस्यहरु, जिल्ला सदस्य, गाउँपालिकाका पार्टी कार्यकर्ता र जनप्रतिनिधि समेत सहभागीता रहेको एमालेले जनाएको छ ।