गोरखाखबर (गोरखा,१५ साउन) । गोरखाका पत्रकार दीपक श्रेष्ठ(जलन) प्रेस सेण्टर नेपालको उप-महासचिवमा सर्वसम्मत चयन भएका छन् ।
शनिबार काठमाडौँमा सम्पन्न भएको दोस्रो पूर्ण बैठकले श्रेष्ठलाई उप-महासचिवमा सर्वसम्मत चयन गरेको हो ।
श्रेष्ठ गोरखास्थित मनास्लु एफका स्टेशन मेनेजरमा एवं राष्ट्रिय समाचार समितिमा कार्यरत छन् ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा (शुक्रबार)देखि जारी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले २० जना उपाध्यक्ष, २७ जना सचिव र १० जना उपमहासचिव गरि ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो ।