आरुघाट गाउँपालिकामा अब खादा प्रयोगमा रोक


गोरखा खबर
  • शुक्रबार, साउन १३ २०७९

  • गोरखाखबर(गोरखा,१३ साउन) । सार्वजनिक कार्यक्रममा होस वा स्वागत सत्कार गर्ने काममा आज भोली खादा लगाउने प्रचलन बढ्दै गएको छ । तर आरुघाट गाउँपालिकाले भने कार्यपालिकाको बैठक बाट नै सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय गरेको छ । साउन १० गतेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्र हुने सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय भएकोले सोही अनुसार गर्न गराउन आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन बहादुर रानाभाट द्वारा हस्ताक्षतिर शुक्रवार जारी सुचनामा उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार