गोरखाखबर(गोरखा,१३ साउन) । गोरखामा १० नयाँ मतदान स्थल थप्नका लागि निर्वाचन आयोग समक्ष सिफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले यस अघि २ सय १५ मतदान स्थल रहेको गोरखामा १० नयाँ मतदान स्थल थप्न र २० मतदान स्थलको ठाउँ सार्न आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । गोरखाका ११ वटै स्थानीय तहबाट प्राप्त सुझावको आधारमा मतदान स्थल थप गर्न र ठाउँ सार्न आयोगमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गोरखा नगरपालिकामा १ वटा, पालुङटार नगरपालिकामा १ वटा, आरुघाट गाउँपालिकामा १ वटा , चुमनुब्री गाउँपालिकामा २ वटा, धार्चे गाउँपालिकामा २ वटा, भिमसेन थापा गाउँपालिकामा १ वटा, शहिद लखन गाउँपालिकामा १ वटा र बारपाक सुलिकोट गाउँपालिकामा १ वटा मतदान स्थल थप गर्नका लागि आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।