नारायणी नदीमा चिप्लिएर लड्दा गोरखाका एक पुरुष बेपत्ता


गोरखा खबर
  • बिहिबार, साउन १२ २०७९

  • गोरखाखबर(चितवन,१२ साउन) । नारायणी नदीमा चिप्लिएर लड्दा गोरखाका एक पुरुष बेपत्ता भएका छन् । बिहीबार बेलुका ५ बजेको समयमा भरतपुर–१, जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक जना बेपत्ता भएका हुन् ।

    प्रहरीका अनुसार पार्कको चौतारामुनि सफा गर्ने क्रममा गोरखा आरुघाट घर भई हाल जिल्ला चितवन भरतपुर–२, क्षेत्रपुर बस्ने ४५ वर्षीय रमेश खनाल चिप्लिएर नारायणी नदीमा खसेर बेपत्ता भएका हुन् । हाल उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार