राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित


गोरखा खबर
  • बिहिबार, साउन १२ २०७९

  • गोरखाखबर(काठमाडौँ,१२ साउन)।  राष्ट्रिय सभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको हो ।

    राष्ट्रिय सभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाणले सांसहरूको प्रश्नको जवाफ दिएपछि बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ बहुमतले पारित गरेको हो । यसअघि साउन ६ गते प्रतिनिधि सभाले यो विधेयक पारित गरेको थियो ।

    अब यो विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभामा नै फिर्ता पठाउने छ र प्रतिनिधि सभाले राष्ट्रपति समक्ष पठाउने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कार्यान्वयनमा आउनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार