साफ च्याम्पियनसिप फुटबल: नेपालले माल्दिभ्सलाई ४–० ले हरायाे


गोरखा खबर
  • सोमबार, साउन ९ २०७९

  • काठमाण्डाै । २० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई चार–शून्यले हराएकाे छ ।

    भारतको भुवनेश्वरमा भएकाे खेलमा नेपालले माल्दिभ्सलाई चार–शून्यले हराएकाे हाे । नेपालले खेलको ४२ औँ, ५७ औँ, ६१ औँ र ९४ औँ मिनेटमा गोल गर्दै चार–शून्यले विजयी भयाे ।

    आजै हुने अर्को खेलमा बेलुका ७ बजे श्रीलङ्का र बङ्गलादेश खेल्ने छन् । च्याम्पियनशिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता छ ।

    नेपालले अर्को खेलमा पर्सि श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै भारतसँग आउँदाे आइतवार र अन्तिम खेलमा बङ्गलादेशसँग आउँदाे मङ्गलवार खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रवार प्रतिस्पर्धा गर्ने छन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार