गोरखाखबर (काठमाडौँ,९ साउन ) । वैशाखयता भएको एक हजार १६९ विपद्जन्य घटनामा १२९ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार ती घटनामा परेर तीन जना वेपत्ता भएका छन् भने ३२३ जना घाइते भएका छन् ।
कुल एक हजार ४९७ परिवार प्रभावित भएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो । कुल अनुमानित रु ७२ करोड ३४ लाखको क्षति भएको छ । विभिन्न ११ प्रकारका विपद्का घटनामध्ये सबैभन्दा बढी चट्याङबाट ५५ जनाको मृत्यु भएको तथ्याङ्क छ । त्यसपछि आगलागीबाट १९ र पहिरोबाट १७ को मृत्यु भएको छ अघिल्लो वर्षको तुलनामा यसपालि विपद्जन्य घटना र जनधनको क्षति भने कम छ ।