पाल्पामा बस दुर्घटना: ६ जनाको मृत्यु


गोरखा खबर
  • आइतबार, साउन ८ २०७९

  • गोरखाखबर (पाल्पा, ८साउन) ।  पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हँुदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    दुर्घटनामा १६ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा २२ जना यात्रु सवार रहेको बुझिएको छ । बस सडकदेखि करिब ६० मिटर तल खसेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार