आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु, ३ सय ४७ संक्रमित थपिए


गोरखा खबर
  • आइतबार, साउन ८ २०७९

  • गोरखाखबर (काठमाडौँ, ८साउन) । आज कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ३ हजार ८८८ नमुना परीक्षण गर्दा ३४७ संक्रमित भएका हुन् । २ हजार ३६० पीसीआरमा ३०३ र १ हजार ५२८ एन्टिजेन परीक्षणमा ४४ जना संक्रमित फेला परेका छन् ।

    २४ घण्टामा निको हुनेको संख्या ९५ रहेको छ । सोही अवधिमा ७८ हजार २२८ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार १७७ पुगेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार