कोरोना बढेसँगै गोरखामा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने


गोरखा खबर
  • शनिबार, साउन ७ २०७९

  • गोरखाखबर(गोरखा,७ साउन) । गोरखासहित देशभर पछिल्लो समयमा कोरोना संक्रमण दर बढेसँगै अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएको छ । जिल्ला स्तरी कोभिड व्यवस्थापन समिति(डिसिएमसी) को शुक्रबार बसेको सबै ठाउँमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने निर्णय गरेको हो ।

    वैठकले गोष्ठि, सेमिनार, वैठक जस्ता भीडभाड हुने कार्यक्रमहरुमा मास्कको प्रयोग अनिवार्य गर्न गराउन तथा स्थानिटाइजरको व्यवस्था मिलाउन अनुरोध गरिएको छ । विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने प्रकृतिका व्यवसायिक तथा मनोरन्जन स्थलहरु, सार्वजनिक स्थलहरुमा मास्कको अनिवार्य प्रयोग गर्न प्रेरित हुने वातावरण गर्न गराउन वैठकले निर्णय गरेको छ ।

    विश्वयापी महामारीका रुपमा पैmलिएको कोभिड१९ को नयाँ भेरियन्ट हाल नेपालमा समेत देखिएको पुष्टि भएकोले सोको जोखिमबाट बच्नका लागि आवश्यक पुर्व तयारी गर्नुकमा साथै आ–आफ्नो पालिकाहरुमा स्वास्थ्य सुरक्षाका मापदड कडाईका साथ पालन गर्ने गराउन अनुरोध गरिएको छ ।

    संक्रमण पुष्टि भई होम आइसोलेशनमा बस्ने विरामीको स्वास्थ्य जटिलता देखा परेमा निजहरुलाई अस्पतालहरुमा उपचारको लागि आवश्यक सहजीकरण तथा व्यवस्थापन गर्ने समेत वैठकले निर्णय गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार