गोरखाखबर(गोरखा,२९असार) । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब केन्द्र र स्थानीय बलियो भएको दुई तहको मात्र संघीय संरचना बनाउनुपर्ने बताएका छन । गोरखा सदरमुकाममा बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले वर्तमान ३ तहको संघीय संरचना राष्ट्रका निम्ती बोझ तथा अनेकौं विकृति र विसंगतीको कारक भएकोले संघीयताको स्वरुप परिमार्जन गर्नुपर्ने बताए । एक वर्षको अवधिमा जनताले अपेक्षा गरे अनुसारको शान्ति,स्थायीत्व र समृद्धि पनि प्राप्त गर्न नसकेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाई छ । राप्रपा नेपाल गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका सहभागी हुन अध्यक्ष कमल थापा गोरखा आएका हुन ।