गोरखाको थुमी केन्द्रविन्दु भएर भूकम्प


गोरखा खबर
  • बिहिबार, असार ९ २०७९

  • गोरखाखबर(गोरखा,९ असार) । गोरखा केन्द्रविन्दु भएर बिहीवार बिहान भूकम्प गएको छ । गोरखाको आरुघाट गाउँपालिकाको थुमी आसपास केन्द्रविन्दु भएर बिहीवार बिहान ७ बजेर २१ मिनेटमा ४ दशमलव १ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का गोरखा सहित धादिङ, लम्जुङ लगायतका आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । त्यस्तै बिहीवार बिहान नै ३ बजेर ५६ मिनेट जादा कास्की धम्पुस आसपास केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्नीच्युटको भूकम्प गएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार