गोरखाखबर(गोरखा,७ असार) । गोरखा जिल्ला भलिबल संघको अध्यक्षमा कृष्ण गुरुङ सर्वसम्मति बाट चयन भएका छन । संघको मंगलवार सम्पन्न जिल्ला अधिवेशनले उपाध्यक्षमा कृष्ण दवाडी, महासचिवमा राजुबावु श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मण काप्री लाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा कृष्ण कुमार श्रेष्ठ, नर बहादुर गुरुङ, जुनी थापा, हरि बहादुर थापा, शर्मिला कुमाल, कोपिला अधिकारी, विकास भट्ट र सानुबावु आले चयन भएका छन ।