गोरखाखबर(गोरखा,६ असार) । गोरखा डान्स स्टारको सेमिफाइनलका लागि ३५ प्रतिस्पर्धी छनौट भएका छन । डान्स एकेडेमीले आयोजना गरेको खुला एकल तथा समूह नृत्य प्रतियोगिताको श्रृंखला गोरखा डान्सका लागि एकल तर्फ ३० जना र समूह तर्फ ५ समूह सेमिफाइलनका लागि छनौट भएको हो । एकल नृत्य तर्फ सजिना गुरुङ्ग, बेनिसा बजगाँइ, अनिता रसाइली, शिला मगर, सरस्वति तामाङ्ग, ज्योति तामाङ्ग, सृजना तामाङ्ग, सुमिता बि.क., इभा श्रेष्ठ, शक्ति सिरमल, सन्तोषी गुरुङ्ग, शिशिर नेपाली, रोशनी श्रेष्ठ, पूर्णिमा गुरुङ्ग, आयुश गुरुङ्ग, सलिना मजाकोटी, रविना मजाकोटी, निकिटा बि.क., सविना दवाडी, सम्झना मगर, प्रतिभा पाण्डे, आशिका मगराती, अंकिता राना, एन्जोलिना गुरुङ्ग, सपना मगराती, रविना थापा, रचना, जेसिका श्रेष्ठ, सपना मगराती, वर्षा बराम र समूह नृत्य तर्फ पालबी, गोर्खाली स्टार, आशा अभिना समूह, एमएनएस, आर्मी ग्रुप सेमीफाइनलका लागि छनौट भएको आयोजक समेत रहेका निर्णायक मध्येका विजय थापामगरले जानकारी दिनुभयो । आयोजकका अनुसार गोरखा डान्स स्टारको सेमिफाइलन असार ११ गते होटल मिराकलमा हुनेछ ।