गोरखाखबर(गोरखा,६ असार) । बगाउन लागेको खच्चड बचाउने क्रममा गोरखाको धार्चे गाउँपालिका वडा नं १ स्थित यारु खोलामा एकजना खच्चड गोठालो बेपत्ता भएका छन । खोलामा खच्चड फसे पछि बचाउने क्रममा आइतवार अपरान्ह चुमनुब्री गाउँपालिका वडा नं ३ का ३३ वर्षीय माइला गुरुङ्ग खोलाले बगाएर बेपत्ता भएको स्थानीय गणेश कार्की जानकारी दिए । यारु खोलाएर बगाएर बुढीगण्डकी नदीमा पुर्याएको उनलाई गोरखाको जगतबाट गएको प्रहरी टोली र स्थानीयले खोजी गर्दा समेत फेला परेको छैन । सडक सञ्जाल नपुगेको गोरखाको चुमनुब्री गाउँपालिकामा खाद्यान्न लगायतका सामान ढुवानी गर्ने एकमात्र साधन खच्चड हो ।