गोरखामा चुनाबी तालमेलका लागि संयन्त्र गठन


गोरखा खबर
  • शुक्रबार, चैत्र १८ २०७८

  • गोरखाखबर(गोरखा,१८ चैत) । स्थानीय तह निर्वाचनमा तालमेलका लागि गोरखामा सत्ता गठबन्धनका सहभागी दलहरुको संयन्त्र गठन भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्षहरुको छलफलले चुनावी तालमेल गर्न संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापा, एकिकृत समाजवादीका अध्यक्ष यादब बस्नेत र जनता समाजवादी पार्टीका अध्यक्ष यानप्रसाद भट्ट संयन्त्रको सदस्यमा छन् । बैठकमा नेपाली कांग्रेसको तर्फबाट सचिव कृष्णबहादुर आले, सह सचिव लुमनाथ लामिछाने, सदस्य राजनराज पन्त, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य ज्ञानेन्द्र कुमाल पनि सहभागी थिए । शुक्रवारको बैठकले केन्द्रिय संयन्त्रले दिएको निर्देशनलाई कार्यन्वयन गर्ने निणर्य पनि गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार