माओवादीबाट अघिल्लो निर्वाचनमा उपाध्यक्षका उम्मेदवार नै एमालेमा प्रवेश


गोरखा खबर
  • शुक्रबार, चैत्र १८ २०७८

  • गोरखाखबर(गोरखा,१८ चैत) । स्थानीय तह निर्वाचन २०७४ मा माओवादीको तर्फ बाट गोरखाको धार्चे गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेकी आशा गुरुङ नै एमालेमा प्रवेश गरेकी छिन । अखिल क्रान्तीकारीको केन्द्रीय उपमहासचिव एवं नेकपा माओवादी केन्द्र गोरखाको जिल्ला सचिवालय सदस्य समेत रहेकी आशा गुरुङ एमालेमा प्रवेश गरेकी हुन । गोरखा सदरमुकाममा शुक्रवार आयोजित एक कार्यक्रममा बीच एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आशा सहित माओवादी केन्द्र तथा अन्य विभिन्न पार्टी बाट आएका कार्यकर्ताहरु लाई पार्टी प्रवेश गराएका हुन । कार्यक्रममा बोल्दै एमाले प्रवेश गरेकी आशा गुरुङले माओवादी बाट मूलूकमा परिवर्तन र विकास सम्भव नदेखेको बिना कुनै स्वार्थ आफूले एमाले पार्टी रोजेको बताइन ।

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार