गोरखाखबर(गोरखा,२६ मंसिर) नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा केन्द्रीय सभापति र सह–महामन्त्री सहित १२ जनाको उम्मेदवारी दर्ता गरेका छन । केन्द्रीय सभापतिमा गोरखा आरुपोखरीका ४० वर्षीय युवराज न्यौपानेले उम्मेद्वारी दर्ता गरेका हुन । कुनै प्यालन बिना उनको एकल उम्मेदवारी दर्ता भएको हा । त्यस्तै नेता शेखर कोइरालाको प्यानल बाट कमला पन्तले सह–महामन्त्रीमा उम्मेदवारी दिइकी छिन । गोरखाबाट खुल्ला खसआर्य, अल्पसंख्यक, महिला, आदिवासी जनजाति, मुस्लिम विभिन्न क्षेत्र बाट यसअघिका केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, गोरखाका निवर्तमान सभापति हरि बहादुर घले, पुर्व जिल्ला उप सभापति मोहनप्रकाश पोखरेल, पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल, सल्लाउद्दिन मियाँ, मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतार, महिला संघकी केन्द्रीय सदस्य मनकुमारी गुरुङ, प्रेम कुमार खत्री र राजेन्द्र बगजाँइले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन । खत्री र बजगाँई राजनितिी संगै पर्यटन क्षेत्र संग पनि आवद्ध छन ।