गोरखाखबर(गोरखा,७ मंसिर) । गुठी पञ्चमी अवसरमा गोरखाको शहिद लखन गाउँपालिकाले बुधवार सार्वजनिक विदा दिएको छ । वडा नं २ पर्ने प्रसिद्ध मनकामना मन्दिरमा विशेष पुजा एवं मेला लाग्ने भएको सार्वजनिक विदा दिइएको शहिद लखन गाउँपालिकाले जनाएको छ । कार्यपालिकाको २०७४ फागुन ६ गतेको बैठकको निर्णय अनुसार उक्त दिन गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय तथा विद्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरद्वारा जारी सुचनामा उल्लेख छ ।
