गोरखाखबर(गोरखा, ३ मंसिर) । नेपाली काँग्रेस गोरखाका दुई कार्यकाल सभापति भइसकेको हरि बहादुर घलेले केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा समावेशी तर्फको अल्पसंख्यक तर्फ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन । गोरखाको बारपाक घर भएका घले २०४७ सालमा कांग्रेस जिल्ला सदस्य, २०४९ मा जिविस सदस्य, २०५२ मा कांग्रेस जिल्ला कोषाध्यक्ष, २०५४ मा जिविस उपसभापति, २०६२ मा कांग्रेस जिल्ला सह सचिव हुँदै त्यसयता दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पूरा गरिसकेका छन । साधारण जीवनशैली र मिजासिला स्वभावका घले गोरखामा अन्य राजनिति दल संग सहकार्य र समन्वय गर्न सक्ने नेताका रुपमा समेत चिनिन्छन ।