गोरखाखबर(एजेन्सी, ३ मंसिर) । यो शताब्दीको सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण शुक्रवार लागेको छ । विज्ञहरूका अनुसार यो ग्रहणको अवधि झन्डै साढे तीन घण्टाको हुनेछ। पाँच सय ८० वर्षपछि यति लामो अवधिको खण्डग्रास अर्थात् आंशिक चन्द्रग्रहण देखिन लागेको बताइएको छ। यो ग्रहण हेर्न नोर्थ अमेरिकालाई उपयुक्त स्थान मानिएको भए पनि नासाका अनुसार दुवै अमेरिकी महादेश, पूर्वी एशिया, अस्ट्रेलिया र प्रशान्त क्षेत्रबाट देखिनेछ। तर नेपालको आकाशमा भने यो खगोलीय घटना देखिने छैन।