मकै सुकाउदै गोरखामा नेवार समुदायले मनाए सकिमना पुन्ही


गोरखा खबर
  • बिहिबार, मंसिर २ २०७८

  • गोरखाखबर(गोरखा,२ मंसिर)। गोरखाका नेवार समुदायले पनि जुनको उज्यालोमा मकै सुकाएका छन । सकिमना पुन्ही वा कात्तिक पूर्णिमाको अवसरमा अवसरमा सामूहिक रुपमा मकै सुकाउने परम्परा नेवार समुदायमा छ । कृषि परम्परामा आधारित कात्तिक पूर्णिमा दिन मनाउने यो पर्व गोरखा सदरमुकामको ठूलोआँगनमा भेला भएर सामूहिक रुपमा मनाएका हुन ।जुन उदाउने बेला साँझ देखि मध्यराती सम्म मकै लगायतका गेडागुडीले चन्द्र, सूर्य र देवीदेवताको विभिन्न आकृति बनाएर बिहीवार पुजा गरे । यसरी पुजा गर्दा अन्न उब्जनी राम्रो हुने विश्वास रहेको छ । जुनमा सुकाएको भुटेको मकै, भट्मास, पिडालु,सखरखण्ड लगायत विभिन्न फलफूल भेला भएकाहरुमा प्रसादका रुपमा बाड्ने चलन छ । बाजागाजा सहित उनीहरुले जुनमा मकै लगायतका अन्न सुकाउनुका साथै भजनकीर्तन समेत गरेका छन । गोरखाका नेवार समुदायले यसरी वर्षाै देखि मकै सुकाउने पूर्णिमा सामूहिक रुपमा मनाउने गरेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार