गोरखा आएका युवराज पारस शाहले कूलदेवी पुजा पछि गरे वृक्षारोपण


गोरखा खबर
  • मंगलबार, असोज २६ २०७८

  • गोरखाखबर(गोरखा,२६ असोज) । पूर्व युवराज पारस शाहले गोरखा दरबार पुगेर मंगलवार कूलदेवी गोरखकाली मन्दिर र गोरखनाथ गुफामा पुजा गरेका छन । बडाँदशैको फूलापाती(सप्तमी)का दिन आफ्ना सर्मथकहरु सहित गोरखा आएका पूर्व युवराज शाहले पुजा पछि गोरखा दरबार क्षेत्रमै रहेको गणेश मन्दिर परिसरमा बर, पिपल, आँप, चाँप र डुम्री पञ्चपल्लभको वृक्षारोपण समेत गरे । पुर्खाैली थलो गोरखा दरबार परिसरमा रहेको गोरखकाली शांहवंशको कूलदेवि हुन । पूर्व युवराज पारस शाहले बडादशैंमा आएर कूलदेवीको पुजा गरेको लोकतान्त्रिक गणतन्त्र पछि यो पहिलो पटक हो । पारस शाह संगै नेपालको झण्डा लिएर आएका उनका समर्थकहरुले नारा समेत लगाएका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार