उत्तरी गोरखाका लागि हेलिकप्टर बाट चामल ढुवानी


गोरखा खबर
  • बुधबार, असोज १३ २०७८

  • गोरखाखबर(गोरखा, १३ असोज) । उत्तरी गोरखाको विकट छेकम्पार र चुम्चेतमा हेलिकप्टर बाट चामल ढुवानी गरेको छ । चामल अभाव हुन नदिन सेनाको हेलिकप्टर बाट छेकम्पार र चुम्चेतका लागि मंगलवार र बुधवार सामान ढुवानी गरेको हो । चुमनुब्री गाउँपालिकाको चुम्चेतमा र छेकम्पारमा गरी ९३ क्वीन्टल चामल ढुवानी गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखा सुचना अधिकारी शिव सुनारले जानकारी दिए । ढुवानी गरिएको चामल सहुलीयत दरको प्रति ३० केजी चामलको बोराको १ हजार ५ सय रुपियाँ छ । अहिले ढुवानी भएको चामल एकधुरी लाई १५ किलोग्राम पनि नपुग्ने स्थानीयको भनाई छ । कोरोनाका कारण चिन संगको सीमा नाका रुइला र ङुङला भन्जाङ पनि दुई वर्ष देखि बन्द छ । त्यस्तै सदरमुकाम बाट खच्चड मार्फत ढुवानी गर्ने पैदल मार्ग पनि गत असार देखि पहिरोका कारण मानिस समेत हिड्न नसक्ने गरी क्षति पुगे पछि खाद्यान्न ढुवानी हुन नसक्दा चामल अभाव भएको हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार