काँग्रेस गाउँ सभापतिमा गोरखाका ६ जनप्रतिनिधि चयन


गोरखा खबर
  • आइतबार, असोज १० २०७८

  • गोरखाखबर(गोरखा, ९ असोज) । नेपाली काँग्रेस गाउँ तथा नगर अधिवेशनमा गोरखाका ६ वटा गाउँपालिकामा स्थानीय तहका जनप्रतिनिधि नै सभापतिमा चयन भएका छन । गोरखाका ११ पालिका मध्ये २ नगरपालिका र ३ गाउँपालिकाको सभापतिका लागि मतदान भएको छ । नेपाली काँग्रेस गोरखाको गण्डकीको सभापतिमा होम बहादुर राना र धार्चेको सभापतिमा सन्त बहादुर गुरुङ सर्वसम्मत चयन भए । उनीहरु दुवै गाउँपालिकाका अध्यक्ष हुन । शहिद लखनको सभापतिमा काशीनाथ अंगाई र अजिरकोटको सभापतिमा जंग बहादुर गुरुङ चयन भएका छन । अंगाई शहिद लखन गाउँपालिका वडा नं ८ का र गुरुङ अजिरकोट गाउँपालिका वडा नं ४ का वडाध्यक्ष हुन । त्यस्तै आरुघाटको सभापतिमा चयन भएका राजु गुरुङ जिल्ला समन्वय समिति गोरखाका सदस्य हुन । उता भीमसेन थापा गाउँपालिका काँग्रेस सभापतिका लागि भएको मतदानमा नारायण भट्टराई निर्वाचित भएका छन । उनी भीमसेन थापा गाउँपालिका वडा नं २ का वडाध्यक्ष हुन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार