गोरखाखबर(गोरखा, ९ असोज) । नेपाली काँग्रेस पालुङटार नगर सभापतिमा बिमल ढकाल निर्वाचित भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत शनिवार नगर अधिवेशनमा भएको मतदानमा १ सय २३ मत प्राप्त गरेर ढकाल निर्वाचित भएका हुन । सभापति पदका अर्का उम्मेदवार अमर धिताले ५३ मत प्राप्त गरेका छन । त्यस्तै उपसभापतिमा सिताकुमारी अधिकारी, हरिप्रसाद भट्टराई, सचिवमा किरण गिरी, मानबहादुर पाण्डे निर्वाचित भएका छन ।