गोरखाखबर(गोरखा, ९ असोज) । नेपाली काँग्रेस गोरखा नगर सभापतिमा चन्दनबावु खत्री विजयी भएका छन । विजयी भएका खत्रीले १ सय ५१ र सभापति पदका अर्का उम्मेदवार्र डिल बहादुर थापामगरले १ सय ७ मत प्राप्त गरेका छन । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार नगर अधिवेशनमा भएको मतदानमा सभापतिका लागि खत्री र डिल बहादुर थापामगर बीच प्रतिष्पर्धा भएको थियो । निर्वाचित खत्री यस अघि पनि नगर सभापति थिए । त्यस्तै नगर उपसभापतिमा विशेश्वर श्रेष्ठ, मित्रा कुमारी परियार, सचिवमा सावित्री थापामगर, दिपेन्द्र श्रेष्ठ बिजयी भएका छन । अन्य पदहरुमा यस अघि नै सर्वसम्मत भइसकेको निर्वाचन समितिले जनाएको छ ।