उत्तरी गोरखामा खाद्यान्न संकट हुन दिन्न : गृहमन्त्री खाँण


गोरखा खबर
  • शुक्रबार, असोज ८ २०७८

  • गोरखाखबर(गोरखा, ८ असोज)। गृहमन्त्री बालकृष्ण खाँणले पहिरोका कारण अवरुद्ध उत्तरी गोरखाको पैदलमार्ग खुलाउन र खाद्यान्न संकट हुन नदिन आफूले पहल गर्ने बताएका छन । चुमनुब्री गाउँपालिका ६ को सिप्चेतमा ‘चुम सिप्चेत मानखाङ गुम्बा’ उद्घाटनका लागि शुक्रवार हेलिकप्टर मार्फत  पुगेका गृहमन्त्री खाँण समक्ष स्थानीयले विभिन्न माग राखेका थिए  । गृहमन्त्री खाँणले सिप्चेतमा २०७२ को भुकम्पले भत्काएर पुन निर्माण भएको ३७ घर रहेको बस्तीको पनि उद्घाटन गरेका थिए । गोरखाको सबैभन्दा दुर्गम चुमनुब्री गाउँपालिकामा अहिले सम्म सडक सञ्जाल जोडिएको छैन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार