गोरखाखबर(गोरखा, ७ असोज) । बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पले गोरखाका ५ सय १५ वटा विद्यालय भवनमा क्षति पुगेको थियो । क्षति पुगेका विद्यालय मध्ये भूकम्प गएको ६ वर्षमा ४ सय ६९ वटा विद्यालय भवन पुननिर्माण भएको जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाको तथ्याङ्कमा उल्लेख छ । गोरखा जिल्लामा विद्यालय व्यवस्थापन समिति मार्फत ३ सय ४२ वटा, दातृ निकाय तथा विभिन्न राष्ट्रको सहयोगमा ९२ वटा र विभिन्न संघसंस्था मार्फत ३५ वटा गरी कूल ४ सय ६९ वटा विद्यालय भवनको पुननिर्माण भएको हो । जिल्लामा ८५ प्रतिशत विद्यालयको पुननिर्माण भएको र १५ प्रतिशत विद्यालय भवनको पुननिर्माण हुन बाँकी रहेको छ ।