श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ


गोरखा खबर
  • बुधबार, असोज ६ २०७८

  • गोरखाखबर(गोरखा,६ असोज) । श्रीमानको हत्या गरेको आरोपमा गोरखामा ५५ वर्षकी माइली कामी लाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नं ७ पौवाखेत स्थित आफ्नै घरको कोठामा गत असोज ५ गते शंकास्पद मृत फेला परेको ५६ वर्षका आइतवार कामीको हत्याको आरोपमा उनकी श्रीमती माइली कामी लाई प्रहरी पक्राउ गरेको हो । माइलीले मादक पदार्थ सेवन गरेर कोठा भित्रै सुतिरहेका श्रीमानको घाँटी थिची हत्या गरेको स्वीकारेकी प्रहरीले जनाएको छ । कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार