गोरखाखबर(गोरखा,२ असोज) । नेकपा एमाले गण्डकी काठमाण्डौं सम्पर्क मञ्च गठन भएको छ । काठमाण्डौंमा सम्पन्न भेलाले राजु पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको छ । मञ्चको उपाध्यक्षमा विक्रम कार्की, सचिवमा सुजन खतिवडा, कोषाध्यक्षमा ध्रुव खड्का रहेका छन । नेकपा एमाले गोरखा काठमाडौ सम्पर्क मञ्चद्वारा आयोजित एमाले स्थायी कमिटि सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको भेलाले विभिन्न पालिकास्तरीय सम्पर्क मञ्च गठन गरेको छ ।