गोरखाखबर(गोरखा,२८ भदौं । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी विभाजन एक लोटा पानी पोखिएर गएको संज्ञा दिएका छन । एमाले गोरखाले सोमवार सदरमुकाममा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका सचिव गुरुङले भने –“ एमाले समुन्द्र हो । एक लोटा पानी पोखिएको छ । यहाँ हजारौं गाग्री पानी मिसिदैछ । ” आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार ढलाउन भोट हाल्नेहरु एमाले हुन नसक्ने पनि नेता गुरुङको भनाई छ । गोरखाका अध्यक्ष प्रेम गुरुङको सभापतित्वमा भएको भेला लाई नेताहरु खगराज अधिकारी, किरण गुरुङ, जगत विश्वकर्मा र रामशरण बस्नेत लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी छाडेर आएका ७० भन्दा बढी व्यक्ति पार्टी प्रवेश समेत गरेका थिए ।