गोरखाखबर(गोरखा,२८ भदौं । पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराईले एमसीसीकै कारण अमेरिका लाई बिच्काउन नहुने बताएका छन । पार्टी कार्यक्रमका क्रममा गोरखा आएका पूर्व प्रधानमन्त्री भट्टराईले सोमबार सदरमुकाममा पत्रकार भेटघाटका क्रममा सर्वदलीय सहमति मार्फत एमसीसीको अनुमोदन गर्नुपर्ने तर्क गरे । उनले भने –“ भारत, चीन र अमेरिका बिच्कीए भने उनीहरुको प्रतिशोध पूर्ण हर्कतले हाम्रो देश लाई जोखिम हुन सक्छ । राष्ट्रहितका लागि वैदेशिक सहयोगहरु लिनुपर्छ ।” अहिलेको गठबन्धन कायम रहने पनि डा.भट्टराईको दाबी छ ।