समानान्तर कमिटि नै नेकपा एकीकृत समाजवादीमा परिणत, तोकियो पालिका अध्यक्ष र सचिव


गोरखा खबर
  • शनिबार, भाद्र १९ २०७८

  • गोरखाखबर(गोरखा,१९ भदौं) । एमाले विवाद उत्कर्षमा पुगे संगै बनेको माधव नेपाल पक्षधरका समानान्तर कमिटि नै नेकपा एकीकृत समाजवादी जिल्ला कमिटिका रुपमा परिणत गरेको छ । गोरखा नगरपालिका वडा नं ८ प्रतिक्षालय नजिक जिल्ला कार्यालय स्थापना समेत गरेको छ । यादव बस्नेतको अध्यक्षतामा एकिकृत समाजवादीले ३४ सदस्यिय सचिवालय र एक सय २१ सदस्यिय जिल्ला कमिटि घोषणा गरेको हो । कमिटिका उपाध्यक्ष टेकराज भट्ट, सचिव सानुमाया बस्नेत, उप सचिव नारायणध्वज खड्का रहेका छन् ।यस्तै सचिवालय सदस्यहरु कृष्णमान श्रेष्ठ, द्रोणचार्य तिमल्सिना, अमृत काराखेती, सीताराम बुढाथाकी, कल्पना कुँवर, प्रदिप क्षेत्री, आर नेपाली, इश्वरी भट्ट, उदय सिंम्खडा, पदम राना, दलबहादुर भट्ट, रामबहादुर रम्तेल, सुबाश देबकोटा, उत्तम पन्त, भिम बोगटी, चित्रबहादुर केसी, सुरेश अम्गाई, सुनिल लामिछाने, कबिता अर्याल, भोला श्रेष्ठ, रज्मदिन मियाँ, प्रेमराज कट्टेल, टंक सारु, साने गुरुङ, कपिल घले, पार्वती थापा मगर, कल्पना नेपाली, कमल बोगटी, रेखा लोप्चन, सुष्मा कट्टेल लगायत रहेका छन् । यसैगरी नेकपा एकीकृत समाजवादीले गोरखा नगरपालिकाको अध्यक्षमा सीताराम बुढाथाकी, सचिवमा उदयनन्द सिंखडा, पालुङटार नगरपालिकाको अध्यक्षमा अमृत काराखेती, सचिवमा चित्र बहादुर केसी, शहिद लखन गाउँपालिकाको अध्यक्षमा गणेश थापा, बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा टल बहादुर भट्ट, सचिवमा टंक सारु, सिरानचोक गाउँपालिकाको अध्यक्षमा तिल बहादुर बाँनिया, सचिवमा धन बहादुर बाँनिया, आरुघाट गाउँपालिकाको अध्यक्षमा नारायणध्वज खड्का, सचिवमा शिरबल बराम, गण्डकी गाउँपालिकाको अध्यक्षमा उत्तम पन्त, भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा कविता अर्याल, सचिवमा कुमार पुडासैनी, अजिरकोट गाउँपालिका अध्यक्षमा कपिल घले, धार्चे गाउँपालिकाको अध्यक्षमा साने गुरुङ लाई जिम्मेवारी दिएको छ । तर चुमनुब्री गाउँपालिकामा भने अध्यक्ष र सचिवको जिम्मेवारी कसै लाई पनि दिएको छैन

    प्रतिक्रिया

    सम्बन्धित समाचार