सामागाउँ खङसारको घ्याल्बो खोलामा एक वेपत्ता


गोरखा खबर
  • आइतबार, भाद्र १३ २०७८

  • गोरखाखबर(गोरखा,१३ भदौं) । गोरखाको सामागाउँ खङसारमा काठेपुल तर्दा घ्याल्बो खोलामा खसेर एकजना वेपत्ता भएका छन । घोडा चढेर घर आउँदै गरेका जिल्लाकै विकट चुमनुब्री गाउँपालिका वडा नं १ खङसारकै स्थानीय वर्ष ३२ का धावा रेतर लामा काठेपुल तर्ने क्रममा घ्याल्बो खोलामा खसेर बेपत्ता भएको प्रहरी चौकी सामागाउँले जनाएको छ । ग्याला लेक बाट घोडा चराएर फर्कने क्रममा पानी परेर चिप्लो भएको काठे पुल बाट खसेको हुन सक्ने अनुमान गरिएको छ । बुढीगण्डकी नदीमा मिसिने उक्त खोलामा बेपत्ता भएका लामाको स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार