गोरखाखबर(गोरखा, २७ साउन) । परम्परागत पेशाको संरक्षण लागि गोरखा नगरपालिकाले आरन वितरण गरेको छ । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बुधवार ५ जना लाई आरनका सामाग्रीहरु हस्तान्तरण गरे । आरन पाउनेहरुमा गोरखा नगरपालिका वडा नं ३ का ठाकुरप्रसाद कामी, ५ को सिताराम कामी, ८ को अंकित बिक, बाबुराम सुनार वडा नम्बर ४ का रामबहादुर बिक रहेका छन ।
प्रतिक्रिया
सम्बन्धित समाचार