गोरखामा बावु र काकाबाटै एक बालिका बलात्कृत


गोरखा खबर
  • आइतबार, साउन २४ २०७८

  • गोरखाखबर(गोरखा, २४ साउन) । गोरखाको पालुङटार नगरपालिका वडा नं ८ की एक ११ वर्षीया बालिका आफ्नै बावु र काका बाट बलात्कृत भएको खुलेको छ । पीडितका बावुले ललाई फकाई पटक पटक र उनका काकाले गत कात्तिकमा एक पटक बलात्कार गरेको पीडित बालिकाले प्रारम्भीक अनुसन्धानका क्रममा बयान प्रहरी समक्ष बयान दिएकी छिन । पीडितकी फुपुले बालिकाको स्वास्थ्यमा बिरामी परे पछि परिक्षणका लागि थापाथली स्थित प्रसुती गृहमा लैजादा उनको पाठेघरको समस्या देखिए संगै उक्त कुरा खुलासा भए पछि फुपु मार्फत बावु र काका बिरुद्ध प्रहरी निवेदन परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पीडित बालिकाकी आमा अर्कै संग भागेर गएपछि पनि बावुले अर्काे विवाह गरेका छैन । पीडित बावु र काका लाई गत साउन २४ गते प्रहरीले पक्राउ गरी जबरजस्ती करणी शीर्षकमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार