खोप्लाङमा काजी कालु पाँडेको घडेरी बन्यो झाडी


गोरखा खबर
  • आइतबार, साउन १७ २०७८

  • गोरखाखबर(गोरखा,१७ साउन) । नेपाल एकीकरणका क्रममा विरगति प्राप्त गरेका तत्कालिन गोरखा राज्यका सेनापति हुन काजी कालु पाँडे । गोरखाको खोप्लाङ बिहारेडिही उनको जन्मथलो हो । वि.सं.१७७० मा जन्मिएका बंशिधर पाँडे पछि कालु पाँडेका रुपमा चिनिएको इतिहासमा उल्लेख छ । पालुङटार नगरपालिका वडा नं १ खोप्लाङको बिहारे डिहीमा पाँडेको घरको जग,घडेरी र उनले पानी खाने धारा त छ । घडेरीको नजिकै रहेको उनले पानी खाने ढुङ्गेधारा  अझै कालु पाँडे धाराकै रुपमा प्रख्यात छ । कालु पाँडेको अर्धकदको शालिक राखिएको भए पनि संरक्षणको अभावमा उनको घरको जग र घडेरी जंगलको झाडीमा परिणत भएको छ । पुरातत्व विभागले संरक्षण गर्नुपर्ने एकपटक काम थालेर पुरातत्व विभाग फर्किएर नआएको कालु पाँडेका पुस्ता समेत रहेका स्थानीय शंम्भुजंग पाण्डेको गुनासो छ । कालु पाँडेको जन्मथलो संरक्षणको पहल २०४२ साल बाट नै शुरु भएको थियो ।  कूल ५ रोपनी १ आना क्षेत्रफलको उनको घडेरीको लालपुर्जा अहिले पुरातत्व विभागको नाममा छ । काजी कालु पाँडे प्राचीन स्मारकका रुपमा विकास गर्नका लागि घरको पुननिर्माण र घडेरी संरक्षण गर्न प्रारम्भीक डिजाइन भइसकेको पुरातत्व विभागले जनाएको छ ।
    को थिए काजी कालु पाँडे ?
    कालु पाण्डे वा कालु पाँडे (वंशिधर पाण्डे) एक महान् भारदार हुन। गणेश पाँडेका वंशज पाँडे उच्च इमान्दारिता, पराक्रम र शौर्यको महिमा नेपाली इतिहासमा छ। पाँडे वंशका कुलदीपक पनि मानिन्छन् ।विराज थापा मगरले हमला गर्न हिचकिचाउँदा उनी महेश्वर पन्तसँगै सेनापतिमा नियुक्त भएका थिए । नेपालको एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा वीरगति पाएका कालु पाँडे पृथ्वीनारायण शाहका सेनापति थिए। ईमान्दारिताको प्रतिक कालु पाँडे एक चतुर मध्यस्थकर्ता पनि हुन्। उनले पृथ्वीनारायण शाह र लम्जुङ्गका राजा रिपुमर्दन शाहको वैरी सम्बन्ध सुधारेका थिए। उनको देहान्तपछि ज्वाइँ केहरसिंह बस्न्यातका भाइ अभिमान सिंह बस्न्यात सेनापति भए।वि.सं.१८१४ मा किर्तिपुरको लडाईमा गोरखालीहरुको सेनानायक कालु पाँडे मारिएका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार