गोरखाको पालुङटार–७ र आरुघाट–९ सिल


गोरखा खबर
  • बुधबार, साउन १३ २०७८

  • गोरखाखबर(गोरखा, १३ साउन) । कोरोना संक्रमित संख्या दिनदिनै बढ्न थाले पछि गोरखाको पालुङटार नगरपालिका वडा नं ७ र आरुघाट गाउँपालिका वडा नं ९ को सम्पूर्ण क्षेत्र सिल गरेको छ । पालुङटार नगरपालिका वडा नं ७ को कार्यालयले बुधवार एक सुचना जारी गर्दै साउन १४ देखि १९ गते राती १२ बजे सम्मका लागि अत्यावश्यक बाहेक सम्पूर्ण सेवाहरु बन्द गरिएको जनाएको छ । त्यस्तै अर्काे सुचना प्रकाशित नहुन्जेल सम्मका लागि वडा भित्र सञ्चालन भइरहेको कोभिड खोप कार्यक्रम पनि बन्द रहने सुचना उल्लेछ छ ।

    त्यस्तै, संक्रमित बढे संगै आरुघाट गाउँपालिकाले पनि वडा नं ९ को क्षेत्र यस अघि सिल गरिसकेको छ । वडा सिफारिस अनुसार गत साउन १० गते देखि १७ गते राती १२ सम्म लागि सिल आरुघाट गाउँपालिका वडा नं ९ सिल गरेको हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार