गोरखाखबर(गोरखा, ८ साउन) । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । माओवादी बाट सांसद रामजी बराल आर्थिक मामिला तथा योजना मन्त्री, दीपक चर्तीमगर वन तथा वातावरण र चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन । त्यस्तै नेपाली काँग्रेस बाट सांसद मणिभद्र शर्मा कँडेल उद्योग पर्यटन मन्त्री , विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री ,मेखलाल श्रेष्ठले सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन । नवनियुक्त मन्त्रीहरु सबैले शुक्रवार नै प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग सपथ लिएका छन् । त्यस्तै यस अघि नै नेपाली काँग्रेसका कुमार खड्काले भौत्तिक पूर्वाधार, शहरी विकास तथा यातायत व्यवस्था, माओवादीका मधुमाया अधिकारी गुरुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जनता समाजवादीका हरिशरण आचार्य ऊर्जा तथा सिँचाइ मन्त्री र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाइसकेका छन ।